Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

साताको पहिलो दिन शेयर बजार राताम्यै!

loading views..

पोखरा। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आइतबार उच्च अंकको गिरावट आएको छ ।

आइतबार नेप्से ७२.३० अंकले घटेर दुई हजार ५ सय १३ दशमलव ८९ विन्दुमा रोकिएको हो ।

नेप्सेमा उच्च गिरावट भए पनि आइतबार न्यादि हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । न्यादी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आइतबार कारोबार रकम ४ अर्ब ९ करोड ७ लाख बराबरको भएको छ ।

त्यस्तै, आईसीएफसी फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्