कमल थापाले सपथग्रहण बहिष्कार गरे!

कमल थापाले सपथग्रहण बहिष्कार गरे!

  • आइतबार, मंसिर १९ २०७८

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनबाट नवनिर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा उपस्थित भएका भएनन्।

आइतबार प्रज्ञा प्रतिष्ठानको भवनमा जारी प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रममा थापा नगएका हुन्। निर्वाचनमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी भएका थिए।

तर, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी भने उपस्थित भएका छन्। निर्वाचनमा जबराले थापालाई र लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.