काठमाडौं। माछापुच्छ्रे बैंकको साधारणसभाले १०.४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २२औं साधारणसभाले लाभांस पारित गरेको हो।
बैंकले ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांस दिनेछ। बैंकले विहीबारबाटै लाभांस वितरण सुरु गरिसकेको जनाएको छ।साधारणसभाले सर्वसाधारण सेयरधनी समुहको तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र सृजना कार्की भट्टराई संचालकमा निर्विरोध चयन भएका छन्।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ संचित छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.