राजेन्द्र कुमार श्रेष्ठको अपणपछि निर्ममता पूर्बक हत्या!

राजेन्द्र कुमार श्रेष्ठको अपणपछि निर्ममता पूर्बक हत्या!

  • शुक्रबार, पौस ३ २०७७

विराटनगर । मिक्लाजुङ गाउँपालिका– १ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको चरम यातनापछि हत्या भएको मानवअधिकारकर्मीको टोलीले निष्कर्ष निकालेको छ ।

२३ मङ्सिरमा शिक्षक श्रेष्ठको अपहरणपछि हत्या भएको थियो । २९ मङ्सिरमा मानवअधिकारको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अपहरणपछि चरम यातना दिएर हत्या गरेको निष्कर्ष निकालिएको हो ।

बिहीबार पत्रकार सम्मेलन गरी अनुगमन टोलीले विप्लव समूहको विज्ञप्ति पनि झुटो भएको दाबी गरेको छ । विप्लव समूहले प्रतिकारका क्रममा हत्या गरेको विज्ञप्ति जारी गरेको थियो । तर घरबाट हात बाँधेर अपहरण गरी लगेका कारण प्रतिकार गर्नसक्ने अवस्था नदेखिएको अनुगमन टोलीका सदस्य मानवअधिकार तथा वातावरण मञ्च फरेनका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । शर्माका अनुसार ६ जना व्यक्तिले हात बाँधेर लगेका शिक्षक श्रेष्ठले प्रतिकार गर्न सक्ने अवस्था थिएन् ।

पीडित परिवार, स्थानीय र सुरक्षाकर्मीसँगको छलफलपछि प्रतिवेदन सार्वजनिक गरेको हो ।
शरीरमा निलडाम र टाउकोमा ढुङ्गाले हानेजस्तो चोट पनि देखिएको उल्लेख गर्दै मानवअधिकारकर्मीको टोलीले यातनापछि घाँटी रेटेर हत्या गरेको जानकारी दिएको छ । विप्लव समूहले सुराकी गरेको आरोपमा हत्या गरेको प्रतिक्रिया दिएको छ । तर सो समूहले भनेजस्तो शिक्षक श्रेष्ठले सुराकी गरेको नदेखिएको टोलीको दाबी छ ।अनुगमन टोलीका सदस्य सोमराज थापाका अनुसार शिक्षक श्रेष्ठको हत्या पछि १२ घर रहेको बर्खेका स्थानीय विस्थापित हुने अवस्था आएको छ ।कोशी अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.