पोखरा। १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेकाकमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए ।महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन् ।
उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई त दिए, साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामापूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोपसमेत लगाए । उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुकगणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूलसंवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’
त्यसयता थापाले महाधिवेशनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन हुनुपर्ने माग निरन्तर रूपमा उठाइरहेकाछन् । यसका अलावा उनले सैद्धान्तिक, व्यावहारिक र संगठनात्मक गरी तीन विषय उठान गरिरहेका छन् ।
त्यस’ पार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने उनको माग छ । उनले यो विषयमा २७ मंसिरमा पहिलोपटक र १६ माघमादोस्रोपटक अध्यक्ष लिङ्देनलाई पत्र पठाएर आफ्नो माग’ ध्यानाकर्षण गराएका थिए । तीन दिनअघि थापा र लिङ्देनबीच भेटवार्तापनि भयो । तर, सो भेटवार्ताले पनि थापा खुसी हुन सकेनन् । राजधानी दैनिकमा खबर छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.