पोखरा। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा पेस गर्न खोजे माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ ।प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएको छ ।सो पत्र सार्वजनिक भएपछि प्रचण्ड देउवासँग चिढिएका छन् ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले एमसीसीलाई गत २९ सेप्टेम्बरमा विभिन्न ६ बुँदे पत्र पठाएका थिए । पत्रको पहिलोबुँदामा ‘एमसीसीबाट प्राप्त स्पष्टीकरणबारे गठबन्धनका साझेदारहरु तथा हाम्रा पार्टीका सदस्यहरुबीच छलफल गराउनेछौं,’ भनिएको थियो । यस्तै अर्को बुँदामा ‘सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरुको संयुक्त पत्रकार सम्मेलन गरेरएमसीसीबारे सरकारको धारणामा सकरात्मक बल प्रदान गर्नेछौं,’ भनिएको थियो । यो पत्र पठाएको केही समयपछि भनेमाओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन भएको थियो ।
महाधिवेशनबाट भने एमसीसीका केही बुँदा संशोधन भए मात्रै पारित गर्नुपर्ने प्रतिवेदन पास भएको थियो । त्यस्तै गठबन्धनमैरहेको अर्को दल एकीकृत समाजवादीले पनि एमसीसी यथास्थितिमा पारित हुन नसक्ने अडान राख्दै आएको छ । पत्रमासमझदारीका लागि ४–५ महिनाको समय चाहिने भनिएको थियो तर सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीमा भनेएमसीसी संशोधन नगरी पास गर्न नहुने निर्णय भएको छ ।
माओवादी केन्द्रको महाधिवेशनबाट भएको निर्णयपछि अध्यक्ष प्रचण्डले पनि यथास्थितिमा एमसीसी पास हुन नसक्ने भन्दैआएका छन् । यता प्रधानमन्त्री देउवा भने कुनै पनि हालतमा एमसीसी पास गर्नुपर्ने अडान राख्दै आएका छन् । उनले अहिलेकैसंसदबाट एमसीसी अनुमोदन गरेर अघि बढ्नुपर्ने अडान राख्दै आएका छन् । उनले गठबन्धन इतरको दल एमालेसँग पनिएमसीसी पास गर्ने विषयमा घनिभूत छलफल गरिरहेका छन् ।
एमाले अध्यक्ष ओलीले भने एमसीसी पास गर्ने भए सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने र गठबन्धनबाट माओवादीकेन्द्र र एकीकृत समाजवादी हट्नुपर्ने सर्त राखिरहेका छन् ।
माओवादी केन्द्र भनेसरकारबाट बाहिरिने मुडमा देखिएको छ । प्रधानमन्त्री देउवाले एमसीसीलाई जबर्जस्ती संसदमा लैजान खोजे माओवादी केन्द्रसरकारबाट बाहिरिने भएको हो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी पारित नहुने बताएका छन् । प्रधानमन्त्री देउवा रअध्यक्ष प्रचण्डले संयुक्तरुपमा हस्ताक्षर गरी एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि नेता श्रेष्ठ आफ्नो सामाजिकसञ्जाले ट्वीटरमार्फत भनेका छन्,‘प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिकगरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्नआम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिनेछैन ।’ प्रचण्डले भने सो पत्रप्रधानमन्त्री देउवाको सचिवालयबाट बाहिर ल्याएको भनेर रोस प्रकट गरेका छन् ।
प्रचण्डले देउवालाई टेलिफोन गरेर नै ‘किन पत्र सार्वजनिक गरेको ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले ‘आफूलाईथाहा नभएको’ बताएका थिए । अध्यक्ष प्रचण्डले देउवालाई ‘पेलेर गएर एमसीसी पास गर्न खोजे हामी सरकारबाटबाहिरिन्छौं’ पनि भनेका थिए । प्रचण्ड निकट एक नेताले बताए ,‘तपाई एमसीसी पास नगरी नछाड्ने हो भने हामी सरकारबाटबाहिरिन्छौं ।
ओलीसँग मिलेर पास गर्नुस् ।’ पत्र सार्वजनिक भएपछि अहिले गठबन्धनका दलबीच नै फाटो आएको छ । प्रधानमन्त्री देउवा रमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दूरी बढेको हो । यस पत्रले भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालपनि सशंकित भएको स्रोतको भनाइ छ । यता एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमोउद बाहले बिहीबारलेखेको पत्रमा फेब्रुअरी २८ सम्म नेपालले एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न दबाव दिएका छन् । उनले सो समयमाअनुमोदन नगरे आगामी मार्चमा बस्ने एमसिसी बोर्ड बैठकले सहयोगबारे अर्को कदम चाल्नेबारे छलफल गर्ने बताए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.