पोखरा।नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुखप्रतिपक्ष दल नेकपा एमालेको भूमिका प्रति आक्रोश ब्यक्त गर्नुभएको छ ।
शुक्रवारको कांग्रेस केन्द्रिय कार्यसम्पादन बैठकले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसीपरियोजनाकी उपाध्यक्ष फातिमा सुनार र अमेरिकी बिदेश सहयाक मन्त्री डोनाल्डले दबाब दिएको बिषयमा मौनबसेको भन्दै एमाले र माओवादी केन्द्रसँग आक्रोशित हुनुभएको हो।
आगामी १६ फागुन भित्र संसोधन बिना नै एमसीसी पारित गर्नका लागि उपाध्यक्ष सुनार र सहायक बिदेश मन्त्रीलुले सार्वजनिक रुपमा दबाब बढाएपछि महासचिव बैद्यले त्यसको बिरोधमा डटेर सामना गर्नुपर्नेमा पनि जोडगर्नुभएको छ । ‘अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटोनेपाली काङ्गेसको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुकासाथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छौ भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकीसरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेकाका नेता प्रकाशशरण महतले अमेरिकीसाम्राज्यवादको तावेदारी गरेका छन्,’ बैद्यले आक्रोश ब्यक्त गर्दै वक्तव्यमा भन्नुभएको छ, ‘एमाले र माकेलेयसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएका छन्, योनेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो ।’ बैद्यका अनुसार सुनारलेएमसीसी परियोजना संसोधन नहुने तथा १६ फागुन भित्र पारित गर्नै पर्ने भन्दा पछिल्लो समयमा अमेरिकाले दबाबबढाउनु स्वतन्त्र र सार्वभौम मुलुक माथि हस्तक्षेपसमेत हो ।
क्रान्तिकारी माओवादीले अमेरिकी साम्राज्यवादको सो प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुलेगरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भर्तसना र घोर विरोध गरेको बैद्यले जनाउनु भएको छ ।देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिइरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन रदेशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउनमहासचिव बैद्यले प्रेस बिज्ञप्तिमार्फत आब्हानसमेत गर्नुभएको छ ।
बैद्य किरणले अमेरिकन सहयोग मिलिनियम च्यालेन्जकर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुखप्रतिपक्ष दल नेकपा एमालेको भूमिका प्रति आक्रोश ब्यक्त गर्नुभएको छ ।