Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

एमसीसी पारित भए नैतिक रुपमा आफूहरु सरकारबाट बाहिरिने:प्रचण्ड!

loading views..
Nepal Telcome

पोखरा। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो इशारा अनुसार चलेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । उनले सरकारले एमसीसी प्रस्ताव संसदमा टेबुल गरे सभामुख सापकोटाले नरोक्ने पनि बताए । उनले भने, सरकारले प्रस्ताव अगाडि बढाउ भन्यो भने उहाँले अघि बढाउनुपर्छ । रोक्ने अधिकार सभामुखलाई छैन् ।

हिजो  राति एक निजी  टिभीबाट प्रसारण भएको एक कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, प्रधानमन्त्रीले एमसीसी संसद्मा टेबुल गर्न चाहे टेबुल हुन्छ । यो रोक्न मिल्दैन् । टेबुल भयो भने हामी त त्यो प्रस्तावको पक्षमा जाँदैनौं । र, जान पनि मिल्दैन् । एमसीसीले देशलाई फाईदा नगर्ने र घाटा बढि हुन्छ भनेर आफूहरु जनतामा जाने पनि सुनाए । उनले एमसीसी पारित भए नैतिक रुपमा आफूहरु सरकारमा नबस्ने पनि खुलासा गरे ।उनले सभामुख सापकोटाले पनि एमसीसीको बारेमा सर्बदलीय सहमति बनाउन चाहेको पनि सुनाए । उनले आम सहमति नगरी जबरजस्ती हतार गरेर एमसीसी पास गर्न नहुने धारणा राखे । उनले यदि सरकारले एमसीसी संसदमा लगेमा र सभामुखले अघि नबढाए नैतिकताका आधारमा पद त्याग्नु उचित हुने पनि बताए । उनले आफूहरुले एमसीसी पास गर्ने भनेर पाँच दलीय गठबन्धन नबनाएको पनि जिकिर गरे । उनले एमसीसी पास भयो भने आफूहरु यो यो गलत कुरा हो भनेर जनतामा जाने पनि सुनाए । एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरा मिलेको सुनाए । उनले ओली राजनीतिक अडानमा भन्दापनि स्टण्टमा विश्वास गर्ने नेता भएको टिप्पणी गरे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link