पोखरा।इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।
फाइनल प्रतिद्वन्दी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो। उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे ।यस संगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो । क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ ।
अन्तिम समयमा पाल्मिरसका ग्रासियाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.