गोरखा। गोरखाको शहिदलखन गाउँपालिकाले सोमबार स्थानीय बिदा दिएको छ ।नेपालका प्रथम शहिद लखन थापाको एक सय ४५ औँ स्मृति दिवसको अवसरमा बिगतमा जस्तै यो फागुन २ गते पनि बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत जीबनबहादुर आलेले बताए ।
जहानियाँ राणा शासनका बिरुद्ध आवाज उठाएकै कारण विसं १९३३ फागुन २ गते लखन थापालाई शहिदलखन गाउँपालिका बुङकोट ७ काहुलेभंगारमा झुण्डाएर हत्या गरिएको थियो । उनीसँगै शाहादत प्राप्त गरेका अन्य अग्रणी ६ जना शहीदहरुको स्मृति दिवसको अवसरमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए । माघ ६ गते बसेको गाउँकार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको उनले बताए ।
सोमवार गाउँपालिका, वडा लगायत सबैकाम बन्द हुनेछ भने स्मृति दिवसको अवसरमा काहुलेभंगारमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । शहीदलखन गाउँपालिकाले लखन थापाको अर्धकदको शालिक, पार्क, कुण्ड पनि निर्माण गरेको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.