Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

दलहरु सहमत भए एमसिसी रोक्दिनँ : सभामुख सापकोटा

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। सभामुख अग्नि सापकोटाले आफूलाई अम्पायरको रुपमा अगाडि सारेका छन् । उनले एमसीसीका सम्बन्धमा आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको बताएका छन् । सोमबार सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुबीच दलहरु एमसिसीमा सहमत भए आफूले नरोक्ने बताए ।

बैठकपछि सभामुख सापकोटाले एमसीसी र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भएको बताए । उनले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने भन्दै आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको प्रतिक्रिया दिए । ‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म रोक्दिन’, सभामुख सापकोटाले भने, ‘आजको बैठक विशेष भएको छ । संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्नुहुनेछ ।’

उनले दलका नेताहरूले संसद्को अवरोध हटाउन प्रतिपक्षलाई पनि सहमतिमा ल्याउने विश्वास व्यक्त गर्दै अव संसद् सुचारु हुनेमा आफू विश्वस्त रहेको बताए । ‘राजनीतिक दलका नेताहरूले प्रतिपक्ष दललाई सहमतिमा ल्याउनु हुन्छ र शीर्ष नेताहरूले संसद् सुचारु गर्न लागि पहल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु’ सापकोटाको भनाइ छ ।

‘म ओपन माइन्ड छु । सबैका कुरा गम्भीरतापूर्वक सुनेको छु । सभामुखको हैसियतले निर्णय गर्नुपर्छ म त्यो गर्छु’ सभामुख सापकोटाले आफूले सभामुखको हैसियतमा जिम्मेवारी निर्वाह गर्ने दाबी समेत गरे ।  बैठक पछि नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले अवरुद्ध संसद् कसरी सुचारु गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको बताए ।

‘नागरिकता विधेयकलगायत महत्त्वपूर्ण विधेयकहरू अड्किएका छन् विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भएको छ’, श्रेष्ठले भने, ‘तर प्रमुख प्रतिपक्ष सहभागी भएन यो दुर्भाग्य हो ।’ उनले प्रमुख प्रतिपक्ष जिम्मेवार नभएको आरोप लगाए ।’ लगातार संसद् अवरुद्ध गर्नु गैरकानुनी, असंवैधानिक र गलत छ । यसले लोकतन्त्रलाई आँच पुर्‍याउने काम गरेको छ’, श्रेष्ठको भनाइ छ ।

सिंहदरबारमा बसेको उक्त बैठकमा एमालेबाहेक संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू सहभागी थिए । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी रहेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link