Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

एमसीसी संसदमा टेबल भए सरकार छाड्ने माओवादी केन्द्रको निर्णय

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी संसदमा टेबल भए विपक्षमा उभिने निर्णय गरेको छ। त्यस्तै संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्। उनले यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा माओवादी केन्द्र नभएको स्पष्ट पारे।

‘संसदमा एमसीसी टेबल भए विपक्षमा उभिने निर्णय भएको छ’, प्रमुख सचेतक गुरुङले भने, ‘जबरजस्ती गरे सरकार छोड्ने निर्णय भएको छ।’ बुधबार १ बजे बस्ने संसद बैठकमा एमसिसी पेश हुने सम्भावना छ। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link