सत्ता गठबन्धनमा भुकम्प!

सत्ता गठबन्धनमा भुकम्प!

  • शुक्रबार, फाल्गुन ६ २०७८

पोखरा।अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि सदनसम्म नै विभाजित देखिएका छन् प्रधानन्यायाधीशचोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न रातारात एक भएका गठबन्धन आबद्ध दलहरू एमसीसीकोविषयमा फेरि विभाजित बनेका हुन् ।सरकारले बुधबारको बैठकमार्फत संसदमा एमसीसीसम्बन्धी प्रस्ताव टेबुल गर्नेतयारी गरेको थियो तर, गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले सहमति नगरी एमसीसी टेबुल गरिएसरकार छाड्ने सम्मको चेतावनी दिएपछि सरकार प्रस्ताव पेस गर्नबाट पछि हटेको हो

सभामुख अग्निप्रसाद सापकोटाले समेत बुधबारको संसद्को कार्यसूचीमा एमसीसीसम्बन्धी विषय समावेश नगरेपछि सोप्रस्ताव संसदको प्रक्रियामा नै अघि बढेन सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था समितिको बैठकमा समेतएमसीसीमा सहमति नजुटेपछि उनले कार्यसूचीमा नराखेका हुन् ।कार्यव्यवस्था समितिको बैठकमा कानुनमन्त्रीदिलेन्द्रप्रसाद बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएका थिए भने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ एमसीसीका प्रावधान संशोधन नभई पेस गर्न नहुने अडानमा उभिएकाथिए बैठकको अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सुनाएकाथिए

सत्तारूढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले भने एमसीसीलाई संसदबाट अघि बढाउने निर्णय औपचारिकरूपमा मंगलबार नै गरेको थियो गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी राष्ट्रिय जनमोर्चाले पनिएमसीसीमा असहमति जनाउँदै आइरहेको तर, गठबन्धनमा रहेको जसपाले भने एमसीसीमा सहमतिजनाइसकेको यो समाचार राजधानी दैनिकमा छापिएको

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.