Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

माओबादी केन्द्रबाट हजारौंको संख्यमा एमाले प्रबेश

loading views..

पोखरा। महोत्तरीको पिपरा गाउँपालिका उपाध्यक्ष नुनुकुमारी दाससहित जसपा,लोसपा,नेपाली कांग्रेस र माओवादी केन्द्रबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको महोत्तरी एमालेले जनाएको छ ।

एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री जुली कुमारी महतोको उपस्थितिमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नुनुकुमारीले एमालेको सदस्यता लिएकी हुन् ।

अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष सरस्वती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ कार्यपालिका सदस्य तथा लोसपाका प्रभावशाली नेता रामबाबु नायक,समसुन नदाफ पनि एमाले प्रवेश गरेका छन् ।

उपाध्यक्ष दास तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी थिइन् । सोही कार्यक्रममा माओवादी नेत रामबिलाश दास,जसपाका जिल्ला नेता रोशन पाण्डे,नेपाली कांग्रेसका सानु मण्डल,शान्ति देवी लगायत ५सय बढी कार्यकर्ता एमाले प्रवेश गरेको चौधरीले बताइन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्