सिडिओहरुको सरूवा

सिडिओहरुको सरूवा

  • शनिबार, पौस ४ २०७७

काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १८ जना कर्मचारीको सरुवा गरेको छ ।  शुक्रवार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले  सिडिओको सरुवा गरेको हो । ललितपुर, गुल्मी, तेह्रथुम, उदयपुर, रामेछाप लगायत जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।

यस्तो छ प्रजिअको विवरण

गृहको सरूवा सूचीअनुसार ललितपुरको सिडिओमा प्रमुख ढुण्डीप्रसाद निरौला सरुवा भएका छन् । त्यस्तै ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश नम्बर ३ को सचिवमा पठाइएको छ । धनकुटाका लागि बासुदेव दाहाल पुगेका छन्  भने त्यहाँका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीलाई महोत्तरी सरूवा गरिएको छ । रामेछापकी रुद्रादेवी शर्माको गुल्मी सरूवा भएको छ। पाँचथरका अर्जुनकुमार शर्माको रामेछाप, खोटाङका शालिग्राम शर्मा पौडेलको गृह मन्त्रालयमा सरूवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.