पेट्रोलियम पदार्थको मूल्य बृद्धि!

पेट्रोलियम पदार्थको मूल्य बृद्धि!

  • आइतबार, फाल्गुन ८ २०७८

पोखरा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएपछि नेपालमा पनि वृद्धि भएको हो । निगमले शनिबार रातिदेखि लागु हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रपैयाँ वृद्धि गरेको जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय आयल निगमले फागुन ४ मा निगमलाई पेट्रोल रु ५.६१, डिजेल रु ५.६२ ले तथा हवाई इन्धन रू ४.९५ ले बढाएर मूल्यसूची पठाएको थियो । यस अनुरूप १५ दिनमा करीब रू २ अर्ब ४० करोड घाटा हुने अवस्थामा निगमको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य वृद्धि गरिएको हो ।

निगमले एलपी ग्यासमा प्रति सिलिण्डर रू. ५६०.७४ घाटा हुँदा समेत हाललाई बिक्री मूल्य नबढाई यथावत नै राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.