Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

दर्जनौंको संख्यामा माओबादी प्रबेश!

loading views..

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका झण्डै दुई दर्जन नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई अध्यक्ष प्रचण्डले नीजि निवास खुमलटारमा सोमबार एक कार्यक्रमबीच अबिर र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिएको बताउनुभयो । मधेसमा मात्र नभई देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको उहाँले बताउनुभयो ।

यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहनुभएका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडाध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साहसहितका नेता तथा कार्यकर्ता रहनुभएको छ । त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट रहनुभएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्