नेकपा एसको निर्णय– संसदमा एमसीसीको विपक्षमा उभिने

नेकपा एसको निर्णय– संसदमा एमसीसीको विपक्षमा उभिने

  • मंगलबार, फाल्गुन १० २०७८

काठमाण्डौं।नेकपा (एकीकृत समाजवादी) संसदमा टेबल भएको एमसीसीका विपक्षमा उभिने भएको छ । एमसीसीलाई लिएर पार्टीभित्रै देखिएको मतभेदबारे छलफल गर्न सोमबार एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको थियो । उक्त बैठकमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता जगन्नाथ खतिवडाले भने– ‘हामी एमसीसीको विपक्षमा उभिने छौं । सबैलाई विपक्षमा उभिने भन्ने छौं र त्यसका लागि वतावरण बनाउने छौं ।’

उनले भने – ‘सामान्य व्यवस्थापकीय कुरामा चर्चा चलेको कुराले हाम्रो एकतालाई काहीँ पनि तोड्न सक्दैन । यसमा हाम्रो कुनै मतभेद छैन् ।’

खतिवडाले भने– ‘ सरकारमा जाँदा एमसीसी पास गर्ने शर्तमा गएका थिएनौं । सरकारमा रहने र एमसीसीको विरोध गर्ने कुरालाई जोड्ने कुरा आवश्यक छैन् । यो देशको कुरा हो । यसबारे हामीलाई कुनै पाठ पढाइरहन जरुरी छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.