Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेकपा एसको निर्णय– संसदमा एमसीसीको विपक्षमा उभिने

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डौं।नेकपा (एकीकृत समाजवादी) संसदमा टेबल भएको एमसीसीका विपक्षमा उभिने भएको छ । एमसीसीलाई लिएर पार्टीभित्रै देखिएको मतभेदबारे छलफल गर्न सोमबार एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको थियो । उक्त बैठकमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता जगन्नाथ खतिवडाले भने– ‘हामी एमसीसीको विपक्षमा उभिने छौं । सबैलाई विपक्षमा उभिने भन्ने छौं र त्यसका लागि वतावरण बनाउने छौं ।’

उनले भने – ‘सामान्य व्यवस्थापकीय कुरामा चर्चा चलेको कुराले हाम्रो एकतालाई काहीँ पनि तोड्न सक्दैन । यसमा हाम्रो कुनै मतभेद छैन् ।’

खतिवडाले भने– ‘ सरकारमा जाँदा एमसीसी पास गर्ने शर्तमा गएका थिएनौं । सरकारमा रहने र एमसीसीको विरोध गर्ने कुरालाई जोड्ने कुरा आवश्यक छैन् । यो देशको कुरा हो । यसबारे हामीलाई कुनै पाठ पढाइरहन जरुरी छैन ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link