Skip to content
Pokharapress Logo
२७ जेष्ठ २०८३, बुधबार

युक्रेनमा तीस दिने सङ्कटकाल घोषणा गर्ने तयारी

loading views..
Nepal Telcome

पोखरा ।युक्रेनले देशभर सङ्कटकाल घोषणा गर्ने तयारी गरेको छ।केहीबेरअघि सम्पन्न सुरक्षा परिषद् बैठकले आउँदो ३० दिनका लागिसङ्कटकाल घोषणा गर्ने निर्णय गरेको युक्रेनका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको

सुरक्षा परिषद्को निर्णय युक्रेनको संसद्ले अनुमोदन गरेपछि लागू हुन्छ रुसले युक्रेनका विवादित क्षेत्रमा सेना पठाइसकेको सम्भावित आक्रमणको खतरालाई ध्यान दिएर युक्रेनले सङ्कटकाल लगाउन लागेको हो

यस्तै सुरक्षा परिषद् बैठकले १८ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई सैनिकको रूपमा खटिन तयारी रहन आह्वान गरेको

यस्तै युक्रेनले रुसमा रहेका आफ्ना ३० लाख नागरिकलाई तत्काल रुस छाड्न अनुरोध गरेको बीबीसीले जनाएको रुसले हिजोमङ्गलवार युक्रेनबाट छुट्टिएका दुई विवादित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर विद्रोहीहरूलाई सहयोग गर्न आफ्ना सैनिकपठाएपछि रुसयुक्रेन युद्धको सम्मुखमा पुगेका छन् अमेरिका, बेलायतसहित पश्चिमा देशहरूले रुसी बैंक संसदमाथि प्रतिबन्धलगाएका छन्

यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेन सङ्कटको कुटनीतिक समाधानका लागि आफू अझै पनि तयार रहेकोबताएका छन् तर वार्ताका लागि तयार भए पनि रुसको हित रुसी नागरिकको सुरक्षामा सम्झौता गर्न भने नसक्ने उनको भनाइ

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link