पोखरा। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख र गठबन्धन जोगाउन अमेरिकी सहायतापरियोजना एमसीसी संसदमा पेस गर्न दिएको खुलासा गरेका छन् ।
बुधबार बागमती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसदमा दर्ता भइसकेको प्रस्ताव रोक्न सक्ने परिस्थितिनबनेपछि एमसीसी टेबलका निम्ति सहमति जनाएको बताएका हुन् । एमसीसी टेबलमा सहमति नजनाएको अवस्थामा गठबन्धन रसभामुख दुवै धरापमा परेकाले सहमति जनाउन बाध्य भएको बताए ।
‘हामीले यसलाई संसदीय समितिमा पठाएर चुनावपछिसम्म लैजान चाहेको हो तर, सकिएन । अब टेबल भएको छ तर हामी यसकोविपक्षमा मतदान गर्छौं । कांग्रेससमेत सभामुखविरुद्ध वेल घेराउ गर्न आउने संकेतपछि सहमति जनाएको हो,’ प्रचण्डले भने ।
माओवादी केन्द्रले दर्ताअघि नै संशोधनको दबाब दिए पनि एमसीसी संशोधनबिनै अघि बढेकाले त्यसको पक्षमामतदान गर्न नसकिने प्रचण्डले बताए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.