Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

सत्ता गठबन्धन र सभामुख पद जोगाउन एमसीसी टेबल गर्न मञ्जुर!

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख र गठबन्धन जोगाउन अमेरिकी सहायतापरियोजना एमसीसी संसदमा पेस गर्न दिएको खुलासा गरेका छन् ।

बुधबार बागमती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसदमा दर्ता भइसकेको प्रस्ताव रोक्न सक्ने परिस्थितिनबनेपछि एमसीसी टेबलका निम्ति सहमति जनाएको बताएका हुन् । एमसीसी टेबलमा सहमति नजनाएको अवस्थामा गठबन्धन रसभामुख दुवै धरापमा परेकाले सहमति जनाउन बाध्य भएको बताए ।

‘हामीले यसलाई संसदीय समितिमा पठाएर चुनावपछिसम्म लैजान चाहेको हो तर, सकिएन । अब टेबल भएको छ तर हामी यसकोविपक्षमा मतदान गर्छौं । कांग्रेससमेत सभामुखविरुद्ध वेल घेराउ गर्न आउने संकेतपछि सहमति जनाएको हो,’ प्रचण्डले भने ।

माओवादी केन्द्रले दर्ताअघि नै संशोधनको दबाब दिए पनि एमसीसी संशोधनबिनै अघि बढेकाले त्यसको पक्षमामतदान गर्न नसकिने प्रचण्डले बताए ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link