कांग्रेस-एमालेका शीर्ष नेताहरूबीचकाे छलफल जारी

कांग्रेस-एमालेका शीर्ष नेताहरूबीचकाे छलफल जारी

पोखरा। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आजपनि भेटवार्ता भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा आजको संसद बठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा काँग्रेस महामन्त्री गगन थापा, सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की, एमाले नेता सुबासचन्द्र नेम्वाङ लगायत सहभागी रहेका थिए ।

प्रधानमन्त्री देउवाले ओलीसँग अमेरिकी मिनेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न सहयोगको आग्रह गरिरहेका छन् । एमालेले भने संसदमा आफुले कारवाही गरेका १४ सांसदलाई हटाउनु पर्ने माग राखिरहेको छ भने सभामुखलाई हटाउनु पर्ने माग समेत काँग्रेससँग राखेको छ ।

आजको संसद बैठक भोलिसम्मका लागि स्थगित भएपछि प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि निर्णायक प्रयास थालेको काँग्रेस नेताहरुले बताएका छन् ।संंकल्पखबरबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.