काठमाण्डौ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसिसीमार्फत अमेरिकी स्वार्थ पुरा गर्न ओलीलाई सत्तामा ल्याउने खेल भइरहेको टिप्पणी गरेका छन् ।
राजधानीमा आयोजित प्रगतिशील प्राद्यापक संगठनको राष्ट्रिय सम्मेलनमा सम्बोधन र्गै नेपालले ओलीले अमेरिकी इण्डो प्यासिफक रणनीति अन्तर्गत नेपाललाई अघि बढाउने बताए ।
विगतमा नै ओलीले एमसिसीमार्फत नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा लैजान खोजेको चर्चा गर्दै नेपालले तत्कािलन नेकपाले नै एमसिसीलाई पारित गर्नबाट रोकेको बताए ।
वैदेशिक अनुदानमा असहमति नभएपनि कुनै सैन्य गठबन्धनको स्वार्थमा आधारित सहयोग सोझै स्वीकार्न नसकिने उनले बताए ।
नेपालले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताए ।
नेपाललाई इण्डो(प्यासिफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरे पनि आफूहरुले विरोध गरेर बचाएको अध्यक्ष नेपालको तर्क थियो । फेरि ओली सत्तामा आए इण्डो(प्यासिफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उहाँले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागि परेको उनको जिकिर थियो ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञा दिए । ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उहाँले आक्रोश व्यक्त गरेका थिए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.