Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

खड्ग प्रसाद नेपाली राजनीतिको घाँडोःअध्यक्ष नेपाल

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डौ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसिसीमार्फत अमेरिकी स्वार्थ पुरा गर्न ओलीलाई सत्तामा ल्याउने खेल भइरहेको टिप्पणी गरेका छन् ।

राजधानीमा आयोजित प्रगतिशील प्राद्यापक संगठनको राष्ट्रिय सम्मेलनमा सम्बोधन र्गै नेपालले ओलीले अमेरिकी इण्डो प्यासिफक रणनीति अन्तर्गत नेपाललाई अघि बढाउने बताए ।

विगतमा नै ओलीले एमसिसीमार्फत नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा लैजान खोजेको चर्चा गर्दै नेपालले तत्कािलन नेकपाले नै एमसिसीलाई पारित गर्नबाट रोकेको बताए ।

वैदेशिक अनुदानमा असहमति नभएपनि कुनै सैन्य गठबन्धनको स्वार्थमा आधारित सहयोग सोझै स्वीकार्न नसकिने उनले बताए ।

नेपालले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताए ।

नेपाललाई इण्डो(प्यासिफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरे पनि आफूहरुले विरोध गरेर बचाएको अध्यक्ष नेपालको तर्क थियो । फेरि ओली सत्तामा आए इण्डो(प्यासिफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उहाँले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागि परेको उनको जिकिर थियो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञा दिए । ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उहाँले आक्रोश व्यक्त गरेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link