मोटरसाइकल दुर्घटनामा वाइसियल नेता सुवास पौडेलको मृत्यु

मोटरसाइकल दुर्घटनामा वाइसियल नेता सुवास पौडेलको मृत्यु

  • शनिबार, फाल्गुन १४ २०७८

स्याङ्जा।नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालका स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको भालुपाहडमा स्याङ्जाबाट पार्टी काम गरेर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।शुक्रबार साँझ पार्नैटीको कामसकेर घर आउँदै छु भनेर परिवारलाई जानकारी गरेर राती अबेरसम्म पौडेल घर नआएपछि उनका घरपरिवारले प्रहरीमा खोजतलासको लागि शनिबार निवेदन दिएका थिए । प्रहरीले खोजतलास गर्दा भालुपाहडमा बिभत्स अबस्थामा सडकबाट करिब ८० मिटर तल भिरको खोचमा अड्किएको अबस्थामा मृत भेटिएको हो । साथै शब भन्दा करिब ७ मिटर तल मोटरसाइकल क्षत बिक्षत अबस्थामा रहेको थियो।प्रहरीको उद्धार टोलीले शब उद्धार गरेर पोस्टमार्टमको लागि  जिल्ला अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.