Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

गठबन्धन नटुट्ने संकेत!एमसीसीमा प्रचण्ड माधव मध्यममार्गी बाटोको खोजीमा

loading views..
Nepal Telcome

काठमाण्डौं।पछिल्लो राजनीतिक परिस्थितिका बारेमा टुंगोमा पुग्न गठबन्धन दलका शीर्ष नेता छलफलमा जुट्नु पर्ने अवस्थामा पुगेका छन्।

नेकपा एमालेसँग आज भएको छलफल समेत निश्कर्ष विहिन बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी निर्णायक छलफल आवश्यक भएको हो।

एमसीसी परियोजनालाई जसरि पनि पास गर्नुपर्ने अडान रहेका देउवाले गठबन्धनका अन्य दुई दलके सहयोग खोजेका हुन।

प्रचण्ड र नेपालले भने एमसिसी सम्झौता गठबन्धनको आधार नभएकोले यस कै कारण प्रतिगमन फेरि ब्यूँतिने वातावरण सिर्जना नगर्न आग्रह गर्दै आएका छन ।

यसअघि प्रधानमन्त्रीले नेकपा एमाले अध्यक्ष केपी ओलीसँग सहयोग मागे पनि एमालेले सभामुख हटाउनु पर्ने र एकीकृत समाजवादीका सांसदको पद खारेज गर्नुपर्ने माग राखेपछि सहमति जुटन सकेको  थिएन ।

स्मरणीय कुरा के थियो भने प्रतिगमनविरोधी आन्दोलनका क्रममा देउवालाई प्रधानमन्त्री बनाउन बहुमत आवश्यक परेपछि माधव नेपाल नेतृत्वमा एकीकृत समाजवादीको दल विभाजन भएको थियो। देउवा सरकारले नै अध्याधेश ल्याएपछि नेपालहरुले नयाँ दल दर्ता गर्न सहज भएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link