Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

आज नेपाल बन्द!

loading views..
Nepal Telcome

काठमाण्डौं।राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पारित गर्ने देउवा सरकारको राष्ट्रघाती कदमको प्रतिरोधको रुपमा आव्हान गरिएको नेपाल बन्द पूर्णरुपमा पूरै तागतका साथ सफल पार्न संघर्षरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरु लगायत आम जनसमुदायमा विनम्र अनुरोध गरेको छ ।

बन्द आव्हानका लागि जारी गरिएको वक्तव्यमा भनिएको छ, “नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मुर्खता गरिरहेको छ । यसका विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष संचालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकोले विषयको यही संवेदनशीलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिष्ट पार्टी र २ मोर्चादले तात्कालिक संघर्षको घोषणा गरेका छौं । यसलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरु लगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं ।”

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link