Skip to content
Pokharapress Logo
२५ मंसिर २०८२, बिहीबार

पार्टीमा विमति रहेको प्रचण्डको स्वीकार

loading views..

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौताका विषयलाई लिएर पार्टीमा विमति रहेको स्वीकार गरेका छन् ।

एमसीसीबारेको भ्रम चिर्न भन्दै प्रचण्डले सोमवार पत्रकारहरुलाई आफ्नो निवास खुमलटार बोलाएर गरेको ब्रिफिङका क्रममा उनले पार्टीमा विमति रहेको स्वीकारेका हुन् ।

प्रचण्डले केही नेताको बिमति रहनु स्वभाविक भएको पनि उल्लेख गरे । विमति रहेको विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुने पनि उनले बताए ।

नेकपा माओवादी केन्द्रका नेता स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, देव गुरुङ लगायतले सार्वजनिक रुपमै विमति राखेका छन् ।

नेता श्रेष्ठले भ्रमपूर्ण रुपमा एमसीसी अनुमोदन गरिएको भन्दै एमसीसीविरुद्धको आन्दोलनमा लाग्ने सामाजिक सञ्जाल फेसबुकबाटै घोषणा गरेका छन् । उनले एमसीसी अनुमोदन गरिएको दिनलाई कालो दिनको रुपमा लिने समेत बताएका छन् ।

माओवादी नेता पोखरेलले भने संसदमा भएको एमसीसी प्रस्तावमाथिको छलफलमा भाग लिएर बिमति राखेका छन् ।
तर देव गुरुङको त्यस्तो विमति नरहेको प्रचण्डले बताए ।

‘नारायणकाजीको बिमतिलाई बाहिरै त्यसरी लैजानु हुदैन भन्ने लागेको थियो, तर बाहिर लैजानुभयो’, प्रचण्डले भने, ‘उहाँ(नारायणकाजी)लाई एमसीसीको विरोध गर्दा भोट आउला भन्ने लाग्या होला ।’

प्रचण्डले महाकाली सन्धिको प्रशंग उठाउँदै बामदेवले एक सिट पनि नजितेको पनि स्मरण गराए । ‘महाकालीका कारण भोट आउँछ भनेर बामदेवजी जानुभयो तर एउटा सिट जित्नुभएन ।’– प्रचण्डले भने । राष्ट्रियताको कुरा उठाएर भोट नआउने उनको भनाइ थियो ।मेरो न्युजबाट

loading views..

arrow प्रतिक्रिया दिनुहोस्