युरोप कै सबै भन्दा ठूलो जेपोरजिया परमाणु ऊर्जा प्लान्ट रूसको कब्जामा

युरोप कै सबै भन्दा ठूलो जेपोरजिया परमाणु ऊर्जा प्लान्ट रूसको कब्जामा

  • शनिबार, फाल्गुन २१ २०७८

एजेन्सी । रुसी सैनिकले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको छ ।

युक्रेनी स्थानीय अधिकारीले सामाजिक सञ्जालमा लेख्दै रुसी सेनाले परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको पुष्टि गरेको हो । यद्यपि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको र आफ्नो काम निरन्तर गरिरहेको बताइएको छ ।
उक्त प्लान्टमा शुक्रबार विहानैदेखि आगो लागेको थियो । तर, जेपोरजिया परमाणु ऊर्जा प्लान्टको भित्री भागमा भने अहिलेसम्म क्षति नपुगेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । अहिले उक्त आगो निभाइसकिएको छ।
यसअघि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि ट्वीट गर्दै युरोपको सबैभन्दा ठूलो ऊर्जा प्लान्टमा रुसी सेनाले आक्रमण गरेको जानकारी दिए । उनले मद्दतको लागि पनि आग्रह गरे।
जेपोरजिया परमाणु ऊर्जा प्लान्टबाट युक्रेनका २५ प्रतिशत जनतालाई विद्युत् आपूर्ति हुँदै आएको छ । रुसले यसअघि युक्रेनको राजधानी कीवबाट १ सय किलोमिटर टाढा रहेको चेर्नोबिल प्लान्टमा भने यसअघि नै कब्जा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.