भरतपुर महानगरले अत्याधुनिक प्रशासनिक भवन निर्माण गर्दै

भरतपुर महानगरले अत्याधुनिक प्रशासनिक भवन निर्माण गर्दै

  • सोमबार, फाल्गुन २३ २०७८

चितवन भरतपुर महानगरले अत्याधुनिक सुबिधा सहितको प्रशासनिक भवनको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । महानगरको काम कारवाहीलाई प्रभाबकारी बनाउँदै नगरबासीको सेवा प्रवाहमा सहजता ल्याउन महानगर परिसरमा नयाँ भवन निर्माणका लागि टेन्डर आवहन गरिएको नगर प्रमुख रेनु दाहालले बताउनु भयो।

सम्झौता भएको मितिले ३० महिना भित्र सक्ने गरी ९४ करोड ३२ लाख ३० हजार २७१ रुपैया अनुमानित लागतमा बोलपत्र आह्वान गरेको महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले बताए । ५० गाडी र २५० वटा मोटरसाईकल अट्न सक्ने अन्डर ग्राउण्ड पार्किङ्ग सहित वेसमेन्ट बाहेक ६ तले अत्याधुनिक भवन निर्माण गर्न लागिएको महानगरका ईन्जिनियर सन्तोष आचार्यले बताए ।

६ तले भवनको जम्मा क्षेत्रफल १४ हजार १५२ वर्गमिटर हुने छ । भवनमा दुईवटा लिफ्ट, साँस्कृतिक हल, पुस्तकालय, अपागंमैत्री पुर्वाधार रहने छन् । त्यस्तै प्रत्येक तलामा जेष्ठ नागरिक बिश्राम कक्ष समेत रहने गरी अत्याधुनिक सुबिधा सहितको सेवाग्राही मैत्री भवन निर्माण थालिएको महानगर स्रोतले बतायो।

भवनमा १५८ वटा सानाठुला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरु रहने छन् । भवनका हरेक तलामा अपागं मैत्री शौचालय सहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलगै शौचालय रहने छ ।

एकै ठाउँबाट सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न सहजता होस भनेर अत्याधुनिक प्रशासनिक भवन निर्माण थालिएको मेयर दाहालले जानाकारी दिइन ।भवनको बाहिरी बातावरण पनि निकै आकर्षक बनाउनका लागि  पानीका फोहोरा तथा अनेक प्रकारका फुलहरुले सेवाग्राहीलाई स्वागत गरिरहेका हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.