माओवादी केन्द्र अहिले भेडासँग सँगत गरेकाले ‘भ्याँ भ्याँ गर्न थालेक होःप्रचण्ड

माओवादी केन्द्र अहिले भेडासँग सँगत गरेकाले ‘भ्याँ भ्याँ गर्न थालेक होःप्रचण्ड

  • शनिबार, चैत्र ५ २०७८

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको परिस्थितिमा ‘रिल्याक्स’गर्ने अवस्था नभएको बताएका छन्। सिन्धुलीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फेरि पनि प्रतिगमनको खतरा भएकाले ‘रिल्याक्स’ गर्नमा नलाग्न र निर्वाचनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन्।

उनले निर्वाचनको तयारी स्वरुप दुई महिनामा देशलाई कायापलट गर्न सकिने समेत बताए। युद्धमा तयारी गरेजस्तै निर्वाचनको तयारीमा लाग्न प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए।

‘हामी जसरी युद्धमा रेखी ग्रुप बनाउथौँ, आइएनटी टिम विभिन्न ठाउँमा खटाउथौँ, जनताको हलो जोत दिन्थ्यो, जनताले माओवादी आफ्नो छोरा हुन भन्ने लाग्थ्यो। हामी प्रतिगमन विरोधी आन्दोलन डेढ महिनामा जित्यौँ’ उनले भने।

अहिलेको निर्वाचनमा आत्मासमीक्षा गरेर जनताको घरदैलोमा जान प्रचण्डले निर्देशन दिएका छन्।

‘हाम्रा लागि सामान्य औपचारिक निर्वाचन मात्रै होइन। रेखी,पेट्रोल, मेडिकल टिम बनाउथ्यौँ मरिन्छ पुर्नुपर्छ भनेर कोदालो बोकेर जान्थ्यौँ मरेपछि पुर्नुपर्छ,’उनले भने।

माओवादी केन्द्र सिंह भए पनि अहिले भेडासँग सँगत गरेकाले ‘भ्याँ भ्याँ’ गर्न थालेको उनले बताए। भने,’हामी सिंह हौं, गर्जिनुपर्ने तर भेडाको बथानमा भ्या भ्या गर्न थाल्यौं। गुण्डा आउँछन् भने इँटको जवाफ पत्थरले दिने गरि युवाहरुको तयारी गरौं। गण्डागर्दी र धाँधली गरेर चुनाव जित्नेलाई परास्त गर्नु छ हामीले,’ प्रचण्डले भने।

मानिसलाई जहिलै सबै कुरा मन नपर्ने भन्दै उनले आफू बढि नै क्रान्तिकारी हुँदाबखत निकै दु:ख पाएको सम्झिए।

‘मैले रुकमान्द कटुवाललाई कारवाही गर्ने भनेपछि दायाँतिर बस्ने बाबुराम र बायाँतिर बस्ने बादलले पनि कारवाही गर्ने भनेपछि हामीले दु:ख पायौँ,’उनले भने।

प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका कारण उत्पन्न विवादलाई १२ बुँदे घोषणा मार्फत समाधान नगरेको भए शान्ति प्रक्रियामा नै खतरा उत्पन्न हुने स्थिति आएको समेत बताए।

‘सर्वनाश हुन लाग्यो भने त जति पाइन्छ त्यति समातेर जाने पो बुद्धिमानि हो,’प्रचण्डले भने।

उनले जसरी पनि स्थानीय तहको निर्वाचनमा जित्नुपर्ने र त्यसका लागि गठबन्धनको भरमा परेर नबस्ने कार्यकर्तालाई निर्देशन दिएका छन्।

भने,’यो निर्वाचनमा पराजित भयौं भने संविधान हार्ने खतरा छ। शान्ति प्रक्रिया हार्ने खतरा छ। हामीले जित्नै पर्छ। २०६४ सालको चुनाव वाइसिएल आएपछि सात्तो जानथाले पछि हामीले चुनाव जितेका हौं। अहिले अरुले गुण्डागर्दी गर्न थाले। लड्नका लागि सहयोग चाहिए भन्नुहोला हेडक्वाटर सहयोग गर्न तयार छ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.