Skip to content
Pokharapress Logo
२६ मंसिर २०८२, शुक्रबार

पोखरामा प्रचण्ड किन भए निराश?

loading views..

पोखरा। पोखरामा आज सम्पन्न भएको नेकपा माओबादी केन्द्रको  गण्डकी प्रदेश स्तरिय राजनैतिक एंबम बैचारिक प्रशिक्षण कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा सो कार्यक्रमका प्रमुख अथिति पुष्पकमल दाहलले आफु गण्डकी प्रदेशमा  निक्कै निराश भएको र पहिला नमुना प्रदेश भनेर धेरै चर्चा गरेको तर अहिले आएर यहाँको रेडियो बन्द हुने अबस्थामा,स्कुलको कन्तबिजोग,सहकारीमा आर्थिक हिनामिना  ऋण असुलि बिभागको ताकेता …यो सबै कुरा हेर्दा  गण्डकी प्रदेशको राजधानी पोखरामा आफ्नो पार्टी धुलोपिठो भएको महसुस भएको कुरा बताए।

बिगतमा जनयुद्ध शुरू गर्दा यो प्रदेशको पहलकदमी उच्च स्थानमा भएको कुरा स्मरण गर्दै हलमा खोप बहादुर कँडेल भएको नभएको जानाकारी माग्दै हाल गण्डकी प्रदेशमा पार्टी खरानी हुनुको कारण तर्फ औल्याउँदै आफूलाई आजको राजनैतिक प्रशिक्षण कार्यक्रममा  पार्टीको सैध्दान्तिक कुरा गर्न पटक्कै जाँगर नभएको अभिब्यक्ति राख्दै IMG_1916

काश्कीमा आफ्नो पार्टी भन्दा कांग्रेश एमाले निक्कै ब्यबस्थित रहेको कारण उनीहरु जस्तै हुने भए माओबादी पार्टीको आबश्यकता र औचित्य  नभएको कुरामा बिशेष जोड दिंदै यस्तै हुने हो भने  पार्टी मर्ने र गुटगत स्वार्थ समूह हाबी हुने कुरामा धप जोड दिए। महानगरमा भएको गुटबन्दी तत्काल अन्तय गर्न निर्देशन दिदैं गण्डकी प्रदेशमा चुनाव  पछि नेतृत्त चुप लागेर नबस्ने कुरा संकेत गरे। गठबन्धन होला र जितौंला भनेर मनको लड्डु घिउसित नखान आग्रह गर्दै निर्वाचनमा सम्पुर्ण तागत लगाएर होमिन अनुरोध गरे! IMG_1916IMG_1916

loading views..

arrow प्रतिक्रिया दिनुहोस्