काठमाडौँ । पेट्रोलियम पदार्थ खरिद सम्झौताको नवीकरण गर्न नेपाल र भारतबीच तीन दिने वार्ता हुने भएको छ । वार्ता काठमाडौंमा भएको हो ।
नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी)का अधिकारीबीच बिहीबारसम्म वार्ता चल्ने निगमले जनाएको छ ।
हरेक पाँच–पाँच वर्षमा नवीकरण हुने इन्धन खरिद सम्झौता यसअघि सन् २०१७ मा भएको थियो । बैठकमा इन्धन खरिद सम्झौताको समीक्षा र भावी योजनामाथि छलफल हुने छ ।
नेपालका तर्फबाट बैठकको नेतृत्व निगमका कार्यकारी निर्देशक उमेश थानीले गरेका छन् भने आईओसीकोतर्फबाट सन्दीप जैनले गरेका छन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.