शेरबहादुर आफ्नैको घेराद्वारा कसिए

शेरबहादुर आफ्नैको घेराद्वारा कसिए

पोखरा।प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसको केन्द्रीय समितिभित्र वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ्दै गएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन मात्र हैन आउँदो प्रदेश र संघीय निर्वाचनसमेत सत्ताघटक दलबीच गठबन्धन गरी अघि बढ्नुपर्ने बताइरहेका बेला केन्द्रीय समिति बैठकमा निर्वाचनमा अन्य दलसँगको गठबन्धन र तालमेल कांग्रेसका लागि घातक हुने बताइएको छ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा केन्द्रित भएर शुक्रबारदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठक आइतबार पनि जारी रहने कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा संसदीय समिति गठन र ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ भन्ने एकमहिने अभियानको प्रारम्भिक समीक्षा रहेको छ ।

केन्द्रीय बैठकमा स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल गर्ने नगर्ने बारेमा सातै प्रदेशका सभापतिले आ–आफ्नो राय राखिसकेका छन् । रामकृष्ण चापागाईंद्वारा नेपाल समाचारपत्रमा खबर लेखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.