पोखरा । टीभीएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पोखरामा आफ्नो पहिलो एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न गरेको छ ।
गत चैत्र १२ गते शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजारस्थित बतास ब्रदसको टीभीएस शोरुमबाट शुरु भएर लेकसाइड, हेम्जा हुँदै नौडाँडा स्थित हिमालयन देउराली रिसोर्टसम्म पुगेको थियो ।
राइडमा टीभीएस एनटर्कका ९३ जना राइडरहरू सहभागी रहेको जगदम्बा मोटर्सकी स्कुटर सेगमेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन् ।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । नेपालमा टीभीएस एनटर्क ५० हजार बिक्री भएको अवसरमा राइड आयोजना गरिएको हो ।
राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.