Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

गभर्नर निलम्बनको बिषय धान खाने मुसो, चोट पाउने भ्यागुतो भयोः केपी ओली

loading views..
Nepal Telcome
पोखरा।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक देखिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा आपत्ति प्रकट गरेका हुन् ।

देशको अर्थतन्त्र ओरालो लागिरहेको बेलामा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएको भन्दै उनले आक्रोश पोखे ।

अर्थतन्त्र बारे छानविन गर्न सरकारले माओवादी केन्द्र निकट न्यायाधीशको नेतृत्वमा समिति बनाएको आरोप लगाए।

साथै, उनले अर्थमन्त्री जनार्दन शर्मामाथि व्याङ्ग्य गर्दै धान खाने मुसो, चोट पाउने भ्यागुतो भएको टिप्पणी गरे ।

गभर्नर अधिकारीलाई ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।


tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link