Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

नागरिकता सच्याएर प्रहरीमा जागिर खाएको आरोप लागेका डीएसपी रमेस सिंह दोषी ठहर

loading views..

काठमाण्डौं। नागरिकतामा जन्म मिति सच्याएर नेपाल प्रहरीको सेवामा प्रवेश गरेको अभियोगमा नायब उपरीक्षक (डीएसपी) रमेश सिंहलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज कीर्ते अभियोगमा सिंहविरुद्ध अभियोग दर्ता गरेको थियो ।

एसएलसीको लब्धाङ्क पत्रमा जन्म मिति २०३२ साल माघ १२ गते उल्लेख भएका सिंहले २०५८ सालमा प्रहरी निरीक्षक पदमा आवेदन दिएका थिए । आवेदन दिँदा उनको उमेर २६ वर्ष भइसकेको थियो । तर, प्रहरी निरीक्षकमा २५ वर्ष ननाघेको व्यक्तिले मात्र आवेदन दिन सक्ने व्यवस्था छ ।

सिंहले विद्यालयले दिने चारित्रिक प्रमाण पत्रमा जन्म मिति सच्याएर नक्कली बनाएको र त्यसैलाई पेस गरेर आवेदन दिएको आरोप लागेको थियो ।#मेरोन्युजबाट

loading views..

arrow प्रतिक्रिया दिनुहोस्