एमाले काठमाडौँ नगर कमिटीले शाक्यसहित पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस गरेको हो ।
नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी दिए । जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने उनले बताए । केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछ, उनले भने ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.