‘प्रधानमन्त्रीले सिफारिस गर्नुभएको हो भने त्यो संविधानको स्पिरिटविपरित र असंवैधानिक कदम हुनेछ । यो कदमको देशव्यापी रुपमा सबैले निन्दा र भर्त्सना गर्नेछन् । र, प्रधानमन्त्री केपी शर्मा ओलीबाट यस्तो काम भएको हो भने उहाँले कलंकको टिका लगाउनु भयो,’ नेता नेपालले कान्तिपुरसँग भने, ‘यो पार्टीका निम्ति दुर्भाग्यको कुरा हुने छ । लोकतन्त्रको निम्ति पनि दुर्भाग्पूर्ण कदम भएको छ । अविलम्ब उहाँले जहाँ उभिनु भएको छ, त्यहाँबाट फिर्ता हुनुस् । विघटनको तहमा पुग्नु हुँदैन ।’
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.