विप्लव समूहमा चन्दा आंतक…हेमन्त धर्मेन्द्र माओबादी केन्द्रमा फर्कदै

विप्लव समूहमा चन्दा आंतक…हेमन्त धर्मेन्द्र माओबादी केन्द्रमा फर्कदै

काठमाडौँ   विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालयसदस्यद्वय हेमन्तप्रकाश ओलीसुदर्शन’   धरेंद्र बास्तोला कन्चन पाँच करोडपचाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डको शरणमा  पुगेका छन्   सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसुदर्शन’   धर्मेन्द्र बाँस्तोलाकञ्चनलाई लिएर बिहीबार प्रचण्डको शरणमा  पुगेका हुन् ओलीलाईनेकपाको १२ औँ केन्द्रीय समिति बैठकले दरबारमार्गमा रहेको होटलअन्नपूर्णबाट लिएको पाँच करोड रुपैयाँ पार्टीलाई बुझाउन चैत्र ३० गतेकोअल्टिमेटम दिएको थियो उक्त समयसीमा भित्र रकम बुझाउन नसकेपछि रकम पचाउन भोलि पल्ट प्रचण्डलाई भेट्न उनी खुमल्टार पुगेका हुन्

नेकपाभित्र आर्थिक हिनामिनाको आरोप लागेपछि पार्टी परित्याग गर्ने गरेको पाइन्छ पार्टी छोड्दा छानविन नहुने भएपछि धेरै नेता तथा कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य दाउमा राख्दै पार्टी परित्याग गर्ने गरेका छन् अहिले उनीहरुले पनि त्यसको निरन्तरताका लागि छलफल चलाएको बुझिएको तर नेकपाले यो पटक त्यसरी कोही पनि उम्किन नपाउने बताएको

प्रचण्डसँगको भेटमा पार्टी एकताका विषयमा छलफल भएको थियो ओली  बास्तोलाले आफूहरु दुबै जनालाई पदाधिकारी बनाउन आग्रह गरेका थिए जवाफमा प्रचण्डले आफू एक्लै निर्णय गर्ने अवस्थामा नरहेकोले साथीहरुसँग छलफल गर्ने बताएको श्रोतको भनाई

प्रचण्ड निकट श्रोतका अनुसार ओलीले आफ्नो पारिवारिक खर्च पनि ठूलोभएकाले यसको व्यवस्थापनका लागि पनि सोच्नुपर्ने बताएका थिए उनलेआफ्नो परिवार ठूलो भएकाले यस विषयमा सोच्न जोड गरेका थिए जेठी श्रीमती, कान्छी श्रीमती, छोरी ज्वाईँ आफ्नो खर्चको व्यवस्थापन पार्टीलेगर्दा आफू आन्दोलनमा केन्द्रीत हुन सजिलो हुने उनको भनाई रहेको श्रोतकोदावि

नेकपाले कान्छी श्रीमती अम्विका, छोरी ज्वाँई झनक सुवेदी उनलाई न्युनतम तलव दिएर व्यवस्थापन गरेको अम्बिका झनक पार्टीको मुखपत्र रातो खबरका जागिरे हुन भने ओली होलटायमर हुन् पार्टीले उनीहरुलाई महिनामा ८० देखि ९० हजार रुपैयाँ लगानी गरेको बुझिएको प्रचण्डले व्यवस्थापनमा कुनै पनि समस्या नहुने भन्दै सकेसम्म नेकपाको ठूलोहिस्सा लिएर आउन भनेको प्रचण्डको सचिवालयले जनाएको

त्यसका लागि केही दिनमा नै गुट भेला गरेर मोटामोटी फिगर तयार पार्नप्रचण्डले सुझाव दिएका छन् प्रचण्डको निर्देशनमा उनीहरुले पनि तयारीथालेको बुझिएको तर नेकपामा भने ओली बास्तोलाले भनेपछि जम्माहुने नेता कार्यकर्ता संख्या न्युन

पाँच करोड पचाउनका लागि बार्गेनिङ हो पार्टीले ल्याएको चुनाविकार्यनीति मन परेन रे, चुनावमा जान हुन्न, क्रान्ति गर्नुपर्छ भन्ने प्रचण्डकोपार्टीमा गएर वार्ता गर्ने ?, अनि विप्लवले क्रान्ति नगर्ने प्रचण्डले क्रान्ति गर्नेहोला मान्छेले यहीँबाट बुझ्न पर्छ कसको नियत के हो भनेर ?’, नेकपाउच्च श्रोतले भन्यो, ‘अब जानेनै भए भन्ने पारेर यताको छानविन प्रभावितपार्न उनीहरुले बार्गेनिङ गरेका हुन् यो पार्टी चन्दा उठाएर चल्ने पार्टी होइनभनेर देखाउन पनि उनीहरुलाई कारवाही हुन पर्छ हुन्छ

ओलीले उनका सहयोगी केदार खतिवडा मार्फत पैसा ल्याएका थिए उक्तपैसा पार्टीको केन्द्रीय आर्थिक विभागमा नपुगेपछि नेकपाले सोधीखोजीगरेको थियो केन्द्रीय समिति बैठकमै यसबारेमा कुरा उठेपछि ओलीलेआफ्ना सहयोगीले पैसा लिएको अहिले उनी आफूसँग नभएको जवाफदिएका थिए खतिवडा केही समयअघि महोन बैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) प्रबेश गरेका थिए

उता बास्तोलाले पनि विभिन्न कार्यक्रम गर्ने, सेमिनार गर्ने, अध्ययन अनुसन्धानगर्ने भन्दै चीनबाट पैसा ल्याएका थिए उक्त पैसा कति थियो खुलाइएकोछैन उनले पनि त्यही पैसा पचाउन ओलीको पछि लागेको नेकपा श्रोतकोदावि पैसाको कुरा उठेपछि उनीहरुले नेकपाको कार्यनीतिमाथि प्रश्नउठाएका थिए

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.