Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माओबादी केन्द्रको पार्टी कार्यालय उद्‌घाटन

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।पोखरा महानगरपालिका वडा नम्बर ११मा नेकपा माओवादी केन्द्रको वडा कार्यालय  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा  गण्डकी प्रदेशका माननिय अथमन्त्री  रामजी बरालले  प्रमुख अतिथिको रुपमा पार्टी कार्यालय उद्‌घाटन तथा नयाँ बर्षको भित्ते पात्रोको बिमोचन गरे।सो अबसरमा  मन्त्री बरालले जसको नीति उसैको नेतृत्व हुनु अनिवार्य सर्त भएका हुनाले गणतन्त्र,संघियता,संम्बिधान र परिवर्तनको संरक्षण गर्नका निम्ति पनि माओवादीका प्रतिनिधिलाई विजय गराउन अनुरोध गरे।माओवादी नेतृत्वको पहलमा अन्तराष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न भएपनि ल्याण्ड फिल्डसाइडको ब्यवस्था नगरिएको हुनाले हाल सुचारु हुन नसकेको कुराको  जिम्मेवारी नेकपा एमालेबाट निर्वाचित   मेयर उपमेयरले लिनुपर्ने कुरामा बिषेश जोड दिए।सोही प्रसंगमा एमाले नेतृत्वलाई कटाक्ष गर्दै उनले भने केपी ओली भन्दा शेरबहादुर सम्बिधान,गणतन्त्र ,राष्ट्रियताका सबालमा निक्कै प्रगतिशिल भएको कुरा महत्वका साथ बताए।आफ्ना पनि कमीकमजोरीलाई  सुधार्नु पर्ने कुरामा दोड दिदैं उनले भने”हामी हाम्रा बिगत कमीकमजोरीलाई सुधारेर अगाडि बढ्ने छौं।”

पोखरा महानगर पालिका वडा नम्वर ११ का माओवादी केन्द्रका पार्टी अध्यक्ष मनोज रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा  बिशेष अतिथिको रुपमा राष्ट्रिय भूमि आयोग काश्कीका अध्यक्ष गंगा पोख्रेलले  नगरपालिका भित्रका करोडौ भ्रष्टचार,ब्यथित् मेयर र उपमेयरको व्यवास्थाले समयमा नै भूमिहिन किसान,सुकुम्बासी दलित आदिलाई लालपूर्जा बितरण गर्न नसकेको स्वीकार्दै यथाशिघ्र लालपूर्जा बितरण गरिने कुरा बिशेष जोड दिएर भने।

सो कार्यक्रममा नेपाली कांग्रेश,नेकपा एमाले र माधव नेपाल समुहका प्रतिनिधिहरुले कार्यक्रमको सफलताको शुभकामना मनतब्य दिएका थिए। कार्यक्रमको संचालन नेकपा माओबादी पार्टीका ११नम्बर वडाका सचिब चिन्तमणि खरेलले गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link