पोखरा। नेकपा एमालेले केशव स्थापितलाई काठमाडौँ महानगरको मेयरमा उम्मेदवार बनाउने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले स्थापितलाई मेयर बनाउने निर्णय गरेको हो । तल्ला कमिटीबाट आएको सिफारिसका आधारमा उनलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै, उपमेयरमा सुनिता डंगोललाई उम्मेदवारी बनाउने भएको छ ।



