Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

भरतपुरमा रेनु दाहललाई पुन निर्वाचित गर्न क्याप्टेन विजय लामाको अपिल

loading views..
Nepal Telcome

भरतपुर हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ। तर नाम भन्दा पनि ठूलो काम हुन्छ भन्ने मान्यता राख्ने मान्छे हो म। कसैको नाम उसको कामले ठूलो हुन्छ । त्यसैले म नामलाई भन्दा पनि व्यक्तिको कामलाई कदर गर्छु र असल काम गर्नेको प्रशंसा गर्न म संकोच मान्दिन । चाहे मैले नचिनेको व्यक्ति नै किन नहोस् कसैले राम्रो काम गरेको छ भने उसको खुलेर प्रशंसा गर्छु र चाहे जति निकटको मान्छे होस् यदि उसले खराब काम गरेको छ भने म उसको पक्षपोषण गर्न सक्दिन।
चुनाव आउँदैछ अब यहाँ अनेक जुक्ति लगाएर असललाई विपक्षीले सजिलै खराब करार गर्छन्। अनि खराबहरु एकदमै असल ठहरिन लाख कोशिस गर्छन्। तर नेपाली जनतालाई चाहिएको विकास र समृद्धि हो। आफ्नो गाउँ शहरलाई विकसित, सुरक्षित र समृद्ध बनाउँछु भनेर जनतालाई ठुला ठूला सपना देखाएका हजारौं नेता आज मेयरको कुर्सीमा छन्। केहि नेताहरू पुन मेयरको कुर्सीको लागि लड्न तयार छ्न । यस्तोमा कसले कति गर्‍यो त्यसको लेखाजोखा जनताले गर्नैपर्छ।
एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु। जब जब भरतपुर पुग्छु भरतपुरले विकासको लय समातेको आभास हुन्छ। जसको नेतृत्व एक चेलीले गरिरहनुभएको छ। म उहाँलाई खासै चिन्दिन। न त निकट सम्बन्ध छ। तर भरतपुरको मुहारमा जे जति परिवर्तन ल्याउन खोज्नुभयो त्यसप्रति मेरो उच्च सम्मान छ। मैले उहाँलाई चिनेको भनेको भरतपुर नगरपालिकाको फेरिएको मुहारले गर्दा हो। एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धी साँच्चै गर्व गर्न लायक छ। उहाँले गरेका उदाहरणीय कामलाई नजरअन्दाज गर्न सकिँदैन। पार्टी जुनसुकै होस् व्यक्ति र परिवेश जस्तो सुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो। विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्छ। यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनुपर्छ।
जय चन्द्र सुर्य!

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link