गोरखा नगरपालिकामा राजनराज पन्त मेयरमा उठ्ने सुनिश्चित।

गोरखा नगरपालिकामा राजनराज पन्त मेयरमा उठ्ने सुनिश्चित।

गोरखा। गोरखा नगरपालिकाको मेयरमा पुन राजनराज पन्तले टिकट पाएका छन् ।

कांग्रेस गोरखाको महासमिति सदस्य रहेका पन्तले निकै कसरत पछि फेरि टिकट पाएका हुन् । पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे निकट भनिएर चिनिएका पन्तले उनै पाण्डेका कारण टिकट फुत्तकिएको चर्चासमेत चलेको छ ।

यसअघि गण्डकी प्रदेश कार्यसमितिका महामन्त्री किरणबाबु श्रेष्ठ निकटका विश्वदेव श्रेष्ठलाई नगरपालिकाको मेयरको उम्मेदवार बनाएको थियो ।

मेयरको टिकट श्रेष्ठ पक्षलाई दिएको भन्दै जिल्ला पार्टी कार्यालयमा पन्त निकटका समुहले ताला लगाएको  थियो। यसअघि मेयरका उम्मेदवार श्रेष्ठलाई यूवाहरूको समुहले समेत कुटेका थिए ।#राजनराज पन्त

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.