पोखरा।युद्धको दुन्दुभि बजेको त्रासद समय, बिहे गरेको थोरै दिन नबित्दै पति जनयुद्ध लड्न हिड्छ । पति जेलनेल जान्छ र डेढ- डेढ बर्ष बेपत्ता हुन्छ । पोइ मरेकि राडि चुरापोते लाएर हिड्छे भन्ने कटु बचन पचाउदै, अश्रुधारा बगाउदै, पछयौरिले आसु पुछ्दै हिड्छे । दु:खजिलो गरेर परिवारको संरचना बन्छ , बच्चा हुन्छन् र फेरि नियतिले अर्को घन बर्साउछ र जन्मेका बच्चाहरु अपाङ्ग भइ निस्किन्छन ।घर- परिवार संसार धानेर पढाइ अगाडि बढाउछे । स्कुलमा जागीर पाउछे र जनयुद्धका हुरिमय दिनहरुमा आफ्नो खसमले समाएको बाटो खोज्दै जंगल पस्छे ।
अपाङ्ग सन्तानबाट बिरक्तिएर घर छोडेर हिडि भनेर खिस्याए उस्लाइ ।
तातेताते गर्दै गरेका अपाङ्ग २ बच्चा बाआमाको जिम्मा लाएर पाएको जागीर छोडि युद्धमा हिडि । पाउनु- नपाउनु दुख पाइ । आँसु पिएर , सन्तानको मायाले मुटु थिलिएको बेला भक्कानिदै अग्लो डाँडामा बसेर आफ्ना नानि बसेको घरतिर फर्केर घन्टौ रोइ ।
घर जाउ भने – खोइ तेरो ब्यारेक फोरेर भागेको पोइ भन्दै सेनाले यातना दिन्छ । आफ्ना सन्तानको मायालाई -ह्याकुलाले मिचेर युद्धमा हिडि उ । कैयौं दिन- कैयौ रात जनताको घरमा काम गरेर बस्दा – गाउलेले सोध्ने प्रश्न हुन्थ्यो – नानी तेरो पोइ त मऱ्यो रे !हो त ? बिधुवाइ होस रे ! हो ? तेरा बच्चा त बहिरा छन रे ! हो ?
के जवाफ दिनु १५ महिनादेखि सेनाले लगेपछि बेपत्ता पारेको खसमको ।अध्यारो कोठामा बसेर आसु पिउनु बाहेक के नै गर्न सक्थि र उ !
०६२साल आयो । दलहरु मिलेर राजा फाले । गणतन्त्र आयो र उ घर फर्कि । फेरि घर सम्हालि । फेरि बहिरा बच्चाहरुको स्याहार, उपचारमा लागि । अनि, हराएको खसम सेनाको ब्यारेक फोरेर बाहिर निस्केर आयो ।
फेरि उ आफ्नो काममा फर्कि । स्कुलमा बच्चा पढाउन थालि ।
कलेज पढि । स्नातक बनि ।
चिया पसल सुरु गरि । ब्यापारमा लागि । सबैसंग रोइकराइ गरी बच्चाहरुको उपचारमा लागि ।
उ अहिले महिला पर्यटन ब्यबसायि बनेकि छे । पर्यटनको महानगर समिति हाक्न सक्ने भएकि छे ।
त्यो महिला आज पनि राजनीतिमै छे । जनयुद्धपछि बिकास र समृद्धिको युग सुरु भएको निस्कर्श निकालेर ब्यबसायमा लागि । पोखरा , स्तुपामा Elite organic cafe १० बर्षदेखि सफलतापुर्बक चलाइरहेकि छे र सफल उद्यमिका रुपमा स्थापित भएकि छे।
डाक्टर बाबुराम भट्टराईको बिकास/ समृद्धिको मोडलबाट प्रभावित उ जनता समाजबादि पार्टीकि पोखरा -२२ कि अध्यक्षको रुपमा कृयाशिल छे ।
आफ्नि मुटु भन्दा प्यारि छोरि गुमाएको एक – डेढ सय दिन नहुदै आसु पिएर , ब्यक्तिगत पिडालाइ मुटुभित्र च्यापेर जनताको लागि धेरै काम गर्न बाकि छ भनेर फेरि अर्को लडाइमा निस्केकि छे- स्थानीय निर्बाचनमा वडा अध्यक्षको उमेदवारको रुपमा ।
अब करिब १ हप्तापछि हुने निर्बाचनमा जनताले भन्ने छन र निर्णय गर्नेछन कि तिमि जनताको सेवा गर्न वडा अध्यक्षको हैसियतका लागी योग्य छौ कि छैनौ ।
प्रिय सरिता ! , जनताले आफ्नो प्रतिनिधि तिमि जस्तो बिद्रोहि , तिमि जस्तो शिक्षित र तिमि जस्तो परिबर्तनकारि महिला हुनुपर्छ भनेर चुने भने जनयुद्धमा गर्न बाकि काम वडाको सिहदरबारमा जनताको नोकर भएर गर्नु र जनताले यसपटक No भनेमा अर्को पटक अझ काबिल भएर आउनु ।
********
समाज प्रतिको तिम्रो अटुट निष्ठाको लागी — आत्मदेखि नमन तिमिलाइ —–मेरो प्रिय ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.