Skip to content
Pokharapress Logo
२१ मंसिर २०८२, आईतवार

यो गठबन्धनले सबै पार्टीलाई फाइदै फाइदाःप्रचण्ड

loading views..

पोखरा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासिन दलहरुले गरेको गठबन्धन राजनीतिक मुद्दामा एकता भएर बनेको बताएका छन् । एकातिर राजनीतिक मुद्दामा एकता र अर्काेतिर गठबन्धनमा सहभागी सवै राजनीतिक दलहरुलाई नै फाइदा हुने भएकोले गठबन्धन गरिएको प्रचण्डले बताए ।‘राजनीतिक मुद्धामा एकता, अर्काेतिर सवैलाई फाइदा । कांग्रेसलाई ५० प्रतिशत फाइदा, माओवादी, समाजवादी जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सवैलाई फाइदाको लागि गठबन्धन बनेको हो,’ प्रचण्डले भने ।

पाँच दलीय गठबन्धनले पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदै प्रचण्डले त्यस्तो बताएका हुन् ।
देशलाई राजनीतिक दुर्घटनाबाट जोगाउन सत्तारुढ दलले गठबन्धन गरेको र अर्कोतिर केपी ओलीले राजावादीहरु, गणतनत्र विरोधीहरुको गठबन्धन गरेको प्रचण्डले बताए ।

‘राजावादीहरुको गठबन्धन , गणतन्त्र विरोधीहरुको गठबन्धन आएको छ । त्यसलाई परास्त गर्नुपर्ने बेला आएको छ । अन्यथा देशमा राजनीतिक दुर्घटनाको खतरा छ,’ प्रचण्डले भने ।

उनले आफुले राजनीतिक दुर्घटनाबाट देशलाइ बचाउन गरेको अपिललाई कतिपयले गलत अर्थ लगाएको पनि अरोप लगाए ।

‘कतिपय मानिसले जनता धम्कायो, हामीलाई नजिताए धम्कायो भनेर गलत अर्थ लगाईएको छ । यो गठबन्धन राजनीतिक दुर्घटनाबाट बचाउनका लागि गरिएको हो ।’ प्रचण्डले भने ।

‘हामी शान्ति, अग्रमन र प्रगतिका पक्षधर र प्रतिगामीको पक्षधरबीच लडाइँ चलिरहेको छु’ प्रचण्डले भने, ‘अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धी बचाउनको लागि हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवार बनेका मेयर, उपमेयर र वडाहरुमा पनि विजयी गराएर गठबन्धनको संस्कृतिलाई, गठबन्धनबाटमात्रै राजनीतिक उपलब्धि बचाउने सम्भावना छ। एउटा ठूलो षड्यन्त्र लोकतन्त्र र संघीयताविरुद्ध हुँदै थियो, त्यसविरुद्ध यो गठबन्धन जन्मिएको हो। यसविरुद्ध राजावादीहरुको गठबन्धन बनेको छ।’

loading views..

arrow प्रतिक्रिया दिनुहोस्