पोखरा।श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त भएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
श्रीलङ्कामा विक्रमासिङ्घे सबैभन्दा धेरै पाँच पटक प्रधानमन्त्री बनेका छन् । उनले शपथ लिइसकेका छन् । प्रधानमन्त्री बन्न राष्ट्रपतिले विपक्षी नेताहरूलाई आग्रह गरे पनि नेताहरूले अस्वीकार गरेपछि विक्रमासिङ्घे प्रधानमन्त्री बनेका हुन् ।
गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा आन्दोलन चर्किएको छ । प्रधानमन्त्रीबाट राजीनामा दिएका महिन्दा राजापाक्षेको घरमा आन्दोलनकारीले आगो लगाइदिएपछि उनी सेनाको शिविरमा बस्दै आएका छन् । अदालतले राजापाक्षेसहितका १६ जना व्यक्तिलाई देश छाडेर जान रोक लगाएको छ । यद्यपि उनको छोराले आफू र आफ्ना बुबाको देश छाड्ने मनसाय नभएको भन्दै कुनै पनि प्रकारको जाँचमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.