Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

कसैको धाक धम्की र प्रलोभनमा नपरी असल र योग्य उम्मेदवारलाई भोट दिऔँ : सभामुख सापकोटा

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भोलि हुने स्थानीय तह निर्वाचनमा कसैको धाक धम्की र प्रलोभनमा नपरी असल र योग्य उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन्। उनले एक भिडियो सन्देश दिँदै सबै काम छोडेर मतदान गर्न आग्रह गरे।

‘कसैको धाक धम्की र भनसुन जस्ता प्रलोभनमा नपरी विवेकको प्रयोग गरौँ,आफ्नो गाउँ नगर निर्माणका लागि असर र योग्य उम्मेदवारलाई मत प्रदान गरौँ,’ उनले भने।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि वैशाख ३० गते हुने निर्वाचनमा मतदान केन्द्रमा गई सबैले मतदान गर्न आग्रह गरे। उनले भने,‘सबै जना मतदाता केन्द्रमा गई मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु,यो संवैधानिक अधिकार हो र कर्तव्‍य पनि हो।’

सभामुख सापकोटाले गुहजिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका(४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नेछन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link