Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

निर्धक्कसँग चुनावमा सहभागी हुन प्रधानमन्त्री देउवाको अपील

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।आज हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देउवाले अपील गरेका छन् । प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपील गरेका हुन् ।

हिजो एक अपील जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख गरेका छन् ।

‘वालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्‍याउन म सबैमा आग्रह गर्दछु ।’

देशभर आज स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link